Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ ४, आईतबार
  • प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    १0 घण्टा अघि

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    १३ घण्टा अघि

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    १ दिन अघि

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    २ दिन अघि

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    २ दिन अघि

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ३ दिन अघि

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ५ दिन अघि

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ५ दिन अघि

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    ६ दिन अघि

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ माघ ४, आईतबार
in
FLASH NEWS
  • १प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी
  • २मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे
  • ३प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी
  • ४जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण
  • ५राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना
  • ६मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ
  • ७महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा
  • ८सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • १०७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • बजाज खडक वारियर्सले तेश्रो पटक जित्यो सप्तरी प्रिमियर लिगको उपाधि

  • Memo Khabar
  • २०८० अषाढ ११, सोमबार (२ साल अघि)

  • राजविराज, ११ असार । बजाज खडक वारियर्सले पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको  तेश्रो पटक उपाधि जितेको छ ।

    पब्लिक विन्देश्वरी मा.वि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा कन्चनरुप राइनोजले दिएको १४५ रनको लक्ष्य ३ बल बाँकी रहंदा  बजाज खडक वारियर्सले उपाधि जितेको हो । 

    लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ नम्बरमा ब्याटिंग गरेका बिशाल सुश्लिंगले विकेट नगुमाई ब्याटिंग गर्दै टिमलाई जितसम्म पुर्याए । सुश्लिंगले अविजित ४६ रन बनाए जुन क्रममा ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । उनले पाँचौ विकेटको लागि बिबेक यादवसंग ३० रनको, छैठौं विकेटको लागि दिनेश अधिकारीसंग ३६ रनको तथा सातौँ विकेटको लागि अनिल यादवसंग अविजित २२ रनको साझेदारी गरे । 

    रोमान्चक बनेको खेलको अन्तिम २ ओभरमा ८ बलमा जित्न २० रन आवश्यक थियो । सो अवस्थामा राशिद खानले गरेको १९ औं ओभरको अन्तिम २ बलमा अनिल यादवले लगातार २ चौका प्रहार गरे। अन्तिम ओभरमा १२ रन आवश्यक रहँदा पप्पु यादवको पहिलो बलमा २ रन लिएका विशाल सुश्लिंगले दोश्रो बलमा चौका र तेश्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाए ।

    वारियर्सका ओपनर साहिल पटेलले २१, राज वर्माले १७ तथा कर्ण बिक, सन्दिप रजालीले समान १४ रन तथा अनिल यादवले अविजित ९ रन बनाए। कन्चनरुपको बलिंगमा चित्र बिस्टले सर्वाधिक ३ विकेट लिए भने राशिद खान, नारायण जोशी र पप्पु यादवले १/१ विकेट लिए । 

    यस अघि टस हारेर ब्याटिंग गरेको कन्चनरुप राइनोजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४५ रन बनायो । कन्चनरुपको लागि ओपनर दिलिप नाथले सर्वाधिक ४२ रन योगदान दिए जुन क्रममा उनले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै नारायण जोशीले २७, सुमित श्रेष्ठले १७ तथा अमित यादवले १६ रन बनाए । 

    बजाज खडक वारियर्सको कप्तान बिबेक यादवले  ४ ओभर बलिंग गर्दै २५ रन खर्चेर ४ विकेट लिए । गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १/१ विकेट लिए । 

    प्रतियोगिताको उपाधि सहित बजाज खडक वारियर्सले तिन लाख रुपैयाँ हात परेको छ । उपविजेता कन्चनरुप राइनोजले एक लाख पचास हजार रुपैयाँ पायो । प्लेयर अफ द सिरिज घोषित कन्चनरुप राइनोजका राशिद खान घोषित भए जसले २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृस्ट ब्याट्सम्यान छिन्नमस्ता लायन्सका शुभ कंसाकार तथा उत्कृष्ट बलर बजाज खडक वारियर्सका दिनेश अधिकारी घोषित भए । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५ हजार रुपैयाँ पाए। यस्तै प्रतियोगिताको उदयमान खेलाडी बलान बिहुल सुपर किंग्सका विशाल यादव घोषित भए जसले क्रिकेट किट प्राप्त गरे।  

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    ताजा अपडेट
    १

    प्रधानमन्त्री कप जिल्ला छनोटमा शम्भुनाथ विजयी

    २

    मनोनयन दर्तामा आउने पहिलो उम्मेदवारको मनोनयन गरिने : मुख्य निर्वाचन अधिकृत घिमिरे

    ३

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    ४

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    ५

    राजविराजमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना

    ६

    मधेश प्रदेशमा ‘क्रिकेट फर वास’ कार्यक्रमको शुभारम्भ

    ७

    महिला क्रिकेट सिरिजको उपाधि काठमाण्डौको कब्जामा

    ८

    सप्तरी नापी कार्यालयमा नयाँ प्रमुखको स्वागत शैली सामाजिक सञ्जालमा भाइरल

    ९

    महिला क्रिकेटमा सप्तरीको दबदबा, काठमाण्डौ ६ विकेटले पराजित

    १०

    महिला क्रिकेट सिरिज: पहिलो खेलमा काठमाडौँ ११ विजयी

    समाचार
    थप

    प्रधानमन्त्री कप जिल्ला छनोट सुरु, उद्घाटन खेलमा डाक्नेश्वरी विजयी

    जानकी अयोधी चिरञ्जीवी ट्रस्टद्वारा स्वास्थ्य शिविर तथा कम्बल वितरण

    सप्तरी–२ मा नेकपाबाट इन्जिनियर गजेन्द्र यादवको दावेदारी

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution