Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १७, मंगलबार
  • आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    १ दिन अघि

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    २ दिन अघि

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    २ दिन अघि

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ३ दिन अघि

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ४ दिन अघि

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ४ दिन अघि

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ४ दिन अघि

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ४ दिन अघि

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    २ हफ्ता अघि

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    २ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ अषाढ १७, मंगलबार
in
FLASH NEWS
  • १आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
  • २राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा
  • ३डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन
  • ४मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने
  • ५सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला
  • ६मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच
  • ७उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह
  • ८मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / खेलकुद
  • ३४९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • पिएनजीलाई हराउँदै नेपाल फाइनलमा

  • चन्दन यादब
  • २०८० फागुन २९, मंगलबार (१ साल अघि)

  • राजबिराज । नेपाल हङकङमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

    ओपनर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा लिग चरणको दोस्रो खेलमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भएको हो ।

    नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १७ औं ओभरमा अलआउट हुनुअघि १ सय १७ रन मात्र जोड्न सक्यो ।

    मध्यक्रममा हिरी हिरीले २८ तथा ओपनर टोनी उराले १३ र सेसे बाउले २१ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन् ।

    कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । उनले कप्तान असद भाला र लेगा सिआकालाई क्याच आउट तथा किप्लिन डोरिगा र नोर्मन भानुआलाई बोल्ड गरेका थिए । प्रतिश जिसीले २ तथा आकाश चन्द र गुलशन झाले १-१ विकेट लिएका थिए ।

    त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे ।नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो ।पहिलो विकेटका लागि कुशल र विनोद भण्डारीले ६४ रनको साझेदारी गरे ।

    आठौं ओभरमा विनोद जोन कारिकोको शिकार बने । क्याचआउट हुनुअघि उनले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए ।

    लगत्तै अर्को ओभरमा कप्तान रोहित मात्र १ रन जोड्दै कट बिहाइन्ड भए । नवौं ओभरमा आरिफ शेख पनि ७ बलमा ४ रन जोड्दै विकेटकिपरबाट समातिए । त्यसपछि कुशल र सन्दीप जोराले ३० बलमा ५० रनको आक्रामक साझेदारी गरे ।

    कुशलले १३ औं ओभरको चौथो बलमा गार्डनरलाई छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । उनले ३२ बलमा आफ्नो नवौं अर्धशतक बनाएका थिए । उनी १५ औं ओभरमा आउट भए ।

    नोर्मन भानुआको बलमा बाउन्ड्रीनजिक क्याच हुनुअघि उनले समान ४ चौका र ४ छक्का प्रहार गरे । कुशल आउट भएपछि सन्दीप जोराले आक्रमण सम्हाले । उनले मात्र २१ बलमा आफ्नो दोस्रो टि२०आई अर्धशतक पूरा गरे ।

    सन्दीपले १८ औं ओभरमा क्याच आउट हुनुअघि २६ बलमा ५६ रन जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे । लोकेश बम ६ बलमा २ छक्कासहित १४ रन जोड्दै १९ औं ओभरको अन्तिम बलमा रनआउट भए । अन्तिम ओभरमा विवेक यादवले ३ छक्का प्रहार गरेपछि नेपाल बलियो स्कोरसम्म पुग्यो । उनी ४ बलमा १९ रन जोड्दै नटआउट रहे । गुलशन झाले १२ बलमा १ छक्कासहित १५ रन बनाए ।

    पिएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १-१ विकेट लिए । यस जितले नेपालको २ खेलमा ३ अंक भएको छ । हङकङको १ खेलमा १ तथा पिएनजी अंकविहिन छ ।

    आज हुने लिग चरणको अन्तिम खेलमा पिएनजी र हङकङ खेल्नेछन् । उक्त खेलको विजेताले बुधबार हुने फाइनलमा नेपालसँग खेल्नेछ । नेपाल र हङकङबीच पहिलो खेल वर्षाले रद्द भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    पविमाबिमा खेलाडी पेभिलियन भवन निर्माण हुँदै, आषाढ पहिलो साता सम्पन्न गर्ने लक्ष्य

    मधेश प्रदेश लिग : राहुलको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा 

    जिल्ला स्तरीय प्रतियोगिताको उपाधि खडक वारियर्सको कब्जामा 

    जिल्लास्तरीय क्रिकेट : उपाधिको लागि रुपनी र खडक भिड्ने

    ताजा अपडेट
    १

    आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह

    २

    राजबिराज मेयर कप महिला लिगको उपाधि राजबिराजको कब्जामा

    ३

    डा. राउतद्वारा सप्तरीमा निर्माणधीन योजनाको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन

    ४

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    ५

    सप्तरीमा युवकको विभत्स हत्या, पोखरी किनारमा शव फेला

    ६

    मेयर कप महिला लिग: खडक क्युईन्सको सानदार जीत, ममता प्लेयर अफ दि म्याच

    ७

    उपनिर्वाचनको सम्भावना बढ्दा आयोगद्वारा मतदाता नाम दर्ता गर्न आग्रह

    ८

    मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    ९

    राजविराजमा मन्त्रालयले पठायो नयाँ प्रमुख प्रशासकीय अधिकृत 

    १०

    राजविराज नगरपालिकामा निलम्बित मेयर र कार्यवाहक मेयरबीचको विवाद उग्र

    समाचार
    थप

    मेयर कप महिला लिगको अन्तिम खेलमा सुरूगां बिजयी, उपाधीको लागि राजबिराज र खडक भिडने

    तीन पुस्तादेखि भोगचलनमा रहेको मोही जग्गा नक्कली कागजातमार्फत हडप्ने प्रयास

    कञ्चनरुपमा लोकसेवा तयारी कक्षा सुरु, समावेशी सहभागिता अभिवृद्धिमा जोर

    हनुमाननगर जेल ब्रेक काण्डको ८२ बर्षको सम्झनामा एकता कार्यक्रम

    राशिफल
    थप

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    साप्ताहिक राशिफल १ साउन देखि ७ साउन सम्म

    मेमो मिडिया प्रा.लि द्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    कम्पनी दर्ता नं. २९२६८०/ ७८/०७९
    आमसञ्चार प्राधिकरण दार्ता नं.
          म.प्र.०००८/०७८/०७९
    स्थायी लेखा नं. ६१०३०३१९९
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution