







चन्दन यादब 
राजविराज । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा आइतबार एक समूहले तोडफोड तथा आगजनी गरेका छन् ।
एनआइसियू वार्डमा राखिएको नवजात शिशुमाथि छतबाट विजुलीको बल्ब खसेर लागेको घटनापछि आक्रोशित आफन्तहरूले अस्पतालमा तोडफोड तथा आगजनी गरेको अस्पताल प्रशासनले जनाएको छ ।
रूपनी गाउँपालिका–५ हर्दियाकी रेखा यादवले आजै जन्म दिएकी शिशु उपचारमा रहेको अवस्थामा घटना भएको थियो ।
बालकका एक आफन्तले अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट दिलीप साहमाथि हातपातको प्रयास गरेको समेत अस्पतालले जानकारी दिएको छ ।
आक्रमणकारीहरूले ढुङ्गामुढा समेत गरिरहेका छन् भने सुरक्षाकर्मीहरूको बाक्लो तैनाथीबीच अवस्था नियन्त्रणमा लिन प्रयास जारी छ । अहिले अस्पताल परिसर पूर्ण रूपमा तनावग्रस्त बनेको छ ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |