सप्तरी । कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिकै रहेको चन्द्र नहरमा एक पुरुष मृत फेला परेका छन् । मृतक कञ्चनरुप–७ बलुवा चोकका ५० वर्षीय गोबिन्द चौधरी हुन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, शनिबार दिउँसो करिब २ बजे स्थानीयले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा पोस्टमार्टमका लागि पठाएको छ ।
मृत्युको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन भने प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |