Close
  • मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • मधेश प्रदेश
  • मैथिली
  • र्राष्ट्रिय
  • अर्थ खबर
  • खेलकुद
  • जीवनशैली
  • बिचार
  • मनोरंजन
  • राजनीति
  • राशिफल
  • शिक्षा
  • सुचना प्रविधि
  • स्थानीय
  • स्वास्थ्य
  • हाम्रो समाजमा
  • भिडियो ग्यालरी
  • अन्तर्राष्ट्रिय
  • कोशी प्रदेश
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष २३, बुधबार
  • बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    ८ घण्टा अघि

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    १ दिन अघि

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    २ दिन अघि

    तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन

    ३ दिन अघि

    प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर

    ४ दिन अघि

    तिलाठी कोईलाडी गाउँपालिका बालविवाह मुक्त घोषणा

    १ हफ्ता अघि

    गीतकार देवेन्द्र मिश्रको ‘सरबैत आईख’ गीत सार्वजनिक

    १ हफ्ता अघि

    ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो

    १ हफ्ता अघि

    ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    १ हफ्ता अघि

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    १ हफ्ता अघि
  • समाचार
  • मधेश प्रदेश
  • अर्थ खबर
  • कृषि
  • शिक्षा
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • जीवनशैली
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • मैथिली
आज: २०८२ पौष २३, बुधबार
in
FLASH NEWS
  • १बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण
  • २पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश
  • ३राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन
  • ४तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन
  • ५प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर
  • ६तिलाठी कोईलाडी गाउँपालिका बालविवाह मुक्त घोषणा
  • ७गीतकार देवेन्द्र मिश्रको ‘सरबैत आईख’ गीत सार्वजनिक
  • ८ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो

लोकप्रिय खबर

राजविराजमा एक जना मृत भेटिए

गायक शिव परियारको ‘फूलै फूल दिन्छौ कि’ गीतको म्युजिक भिडियो सार्वजनिक

राजबिराजमा कोठा थुनेर चोरी, प्रहरी विट अगाडि चोरी भएपनि प्रहरी बेखबर

सप्तरीमा होटलको कोठामा झुण्डिएको अवस्थामा युवक फेला

राजविराजको शिव इनटरनेशनल बोर्डिङ स्कुलमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

छिन्नमस्ता गापामा ललनको पदस्थापनाको माला नसुक्दै पुनः दिलिप नै कायम

मालपोतमा पैसा नदिनेको काम अगाडि बढदैन, फायल पिछे ५ सय देखि १० हजार असुली

होमपेज / शिक्षा
  • १२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • समावेशी शिक्षाको नमुना: छिन्मस्ता र तिलाठीकोईलाडीमा घरमै कक्षा संचालन

  • चन्दन यादब
  • २०८२ मंसिर ५, शुक्रबार (१ महिना अघि)

  • राजविराज । अपाङ्गता भएका बालबालिकालाई वैकल्पिक माध्यमबाट शिक्षा दिन कठीन भइरहेको अवस्थामा सेभद सप्तरीले आधा दर्जन बालबालिकालाई घरमै विद्यालय कार्यक्रम मार्फत निःशुल्क शिक्षा प्रदान गरिरहेको छ ।

    जिल्लाका छिन्मस्ता गाउँपालिका र तिलाठीकोईलाडी गाउँपालिकाका ६ जना शारीरिक अपाङ्गता भएका बालबालिकालाई ११ महिनादेखि घरमै निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको हो ।

    गुणस्तरीय शिक्षामा सुधार ल्याउँदै कसैलाई पनि पछि नपारोस् भन्ने उद्देश्यअनुसार छिन्मस्ता गाउँपालिकाका ३ जना अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय कार्यक्रम सञ्चालन गरी शिक्षा प्रदान गरिएको सेभद सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिए ।

    छिन्मस्ता गाउँपालिका–३ का ११ वर्षीय शिवशंकर राम आर्थिक अभावका कारण पढ्ने इच्छा हुँदाहुँदै पनि विद्यालयसम्म पुग्न सकेका थिए । युरोपियन युनियनको सहयोग, सेभ द चिल्ड्रेनको नेतृत्व र सेभद सप्तरी तथा छिन्मस्ता गाउँपालिकाको साझेदारीमा सञ्चालित कार्यक्रमका कारण अब उनी घरमै शिक्षा प्राप्त गर्न सक्षम भएका छन् ।

    शिवशंकर हाल भूपेन्द्र संस्कृत मावि सखडामा कक्षा १ मा अध्ययनरत छन् । कहिलेकाहीँ उनले ह्विलचेयरको सहारामा विद्यालय पनि जाने गरेको उनका पिता अमरेन्द्र रामले बताए । हाल उनलाई घरमै कक्षा १ को पाठ्यक्रमअनुसार सेभद सप्तरीकी एक सहायक शिक्षिकाले दैनिक रूपमा पढाइरहेकी छन्।

    यसैगरी, छिन्मस्ता गाउँपालिका–७ हाटीकी नन्दनी कुमारी यादव (शारीरिक तथा बौद्धिक अपाङ्गता) लाई पनि घरमै शिक्षा प्रदान गरिँदै आएको छ । उनी हाल रा.प्रा.वि. हाटीमा कक्षा १ मा अध्ययनरत छिन् ।

    त्यस्तै, गाउँपालिका–१ बरहीविरपुरका १५ वर्षीय सर्जु कुमार कर्ण पनि अपाङ्गता तथा पहुँच अभावका कारण विद्यालयबाट टाढा थिए । सेभद सप्तरीले अपाङ्गता भएका बालबालिकालाई शिक्षामा पहुँच बढाउने कार्यक्रम सञ्चालन गरेपछि उनी अत्यन्तै खुसी भएको बताइएको छ । सर्जु हाल रुद्र नारायण माविमा कक्षा १ मा अध्ययनरत छन् ।

    घरमै विद्यालय कार्यक्रममार्फत तिलाठीकोईलाडी गाउँपालिका–५ बरसाईन बनरझुलाकी संजना कुमारी राम, वडा–३ सकरपुराका सत्यम कुमार राय र वडा–७ सडेपारकी समीका साहलाई पनि निःशुल्क रूपमा पठनपाठन गराइँदै आएको सेभद सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिए ।

    उक्त परियोजना सप्तरीको छिन्मस्ता र तिलाठीकोईलाडी गाउँपालिकाका ६ जना तथा महोत्तरीको सम्सी गाउँपालिका र मटिहानी नगरपालिकामा समेत समावेशी शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको अध्यक्ष देवले बताए ।

    अनुगमनका क्रममा छिन्मस्ता गाउँपालिका अध्यक्ष बिधानानन्द चौधरीले अपाङ्गता भएका बालबालिकाको पहिचान गरी घरमै विद्यालय कार्यक्रम सञ्चालन गर्नु प्रभावकारी बन्दै गएको बताए । विद्यालय बाहिर रहेका बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराई विद्यालयसम्म पुर्‍याउन सबै सरोकारवाला निकाय सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

    उनका अनुसार गाउँपालिकाले शिक्षाबाट वञ्चित बालबालिकालाई लक्षित गर्दै विशेष छात्रवृत्ति कोष समेत स्थापना गरेको छ । घरमै कक्षा सञ्चालन भएपछि अपाङ्गता भएका बालबालिकामा पठन–पाठनप्रति रुचि उल्लेखनीय रूपमा बढेको छिन्मस्ता गाउँपालिका शिक्षा शाखा संयोजक सन्तोष रायले बताए ।

    युरोपियन युनियनको सहयोग तथा सेभ द चिल्ड्रेनको नेतृत्वमा, सेभद सप्तरीको साझेदारी र छिन्मस्ता तथा तिलाठीकोईलाडी गाउँपालिकाको समन्वयमा सञ्चालित ‘गुणस्तरीय शिक्षामा कोही पनि पछि नपरोस्’ परियोजना अन्तर्गत संयुक्त अनुगमन तथा भ्रमण बैठक सम्पन्न गरिएको छ ।

    अनुगमन टोलीमा जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, छिन्मस्ता गाउँपालिका अध्यक्ष बिधानानन्द चौधरी, उपाध्यक्ष राजोदवी यादव, मधेश प्रदेश शिक्षा निर्देशनालयका निर्देशक महेन्द्र महतो, वडा–३ का अध्यक्ष विजयकुमार यादव, स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख दिपेन्द्र यादव, जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत कमलनाथ यादव, सेभद सप्तरीका सचिव नरेन्द्र यादव, कार्यक्रम संयोजक अनिल यादव, शिक्षा अधिकृत रामविनय यादव लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सन्तोष यादवले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    जिल्लाका दक्षिण र पश्चिम क्षेत्रका बालबालिकाका लागि समुन्नती परियोजना फलदायी बन्दै

    खडकमा समुन्नति कार्यक्रम बालबालिकाका लागि प्रभावकारी बन्दै

    अमरनाथ झा स्मृति पुरस्कार ओम नारायण र पल्लवीलाई प्रदान गरिने

    राजबिराजमा शिक्षक महासंघद्वारा शिक्षा विधेयकविरुद्ध धर्ना

    राजबिराजमा नगरस्तरीय निबन्ध तथा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सप्तरीमा अवैध कक्षा सञ्चालनप्रति प्याव्सन र एन प्याव्सनको कडा आपत्ति, शिक्षा प्रणाली नै संकटमा

    ताजा अपडेट
    १

    बलान बिहुल गाउँपालिकामा विपन्न समुदायलाई न्यानो कम्बल वितरण

    २

    पूर्वसिँचाइ मन्त्री उमेश यादव नेकपा त्याग्दै जसपा नेपालमा प्रवेश

    ३

    राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता : यातायात मन्त्री सुमन

    ४

    तीव्र गति र गलत साइड प्रयोग: हुलाकी मार्गमा पत्रकार कर्णमाथि हिट–एन्ड–रन

    ५

    प्रभु सहकारीको १४औँ साधारण सभा सम्पन्न, पारदर्शिताको अभावले सहकारीप्रति विश्वास कमजोर

    ६

    तिलाठी कोईलाडी गाउँपालिका बालविवाह मुक्त घोषणा

    ७

    गीतकार देवेन्द्र मिश्रको ‘सरबैत आईख’ गीत सार्वजनिक

    ८

    ईन्डो–नेपाल मैत्रीपूर्ण क्रिकेट श्रृंखला : सप्तरीले २–१ ले श्रृंखला जित्यो

    ९

    ईन्डो–नेपाल मैत्रीपूर्ण सिरिजको उद्घाटन खेलमा सप्तरी यु–१९ विजयी

    १०

    बिष्णुपुर गाउँपालिका जिल्लाकै चौथो बालविवाह मुक्त पालिका घोषणा

    समाचार
    थप

    स्ववियु अध्यक्षमाथि एकल निर्णय र नक्कली हस्ताक्षरको आरोप, कक्षमा तालाबन्दी

    जनप्रतिनिधी विभाजन र अपारदर्शी राजश्व व्यवस्थापनले तिलाठी कोइलाडी गाउँपालिका अस्तव्यस्त

    कानुनी अपराधविरुद्ध सामाजिक जागरण: तिलाठी कोईलाडी–४ र ५ बालविवाह मुक्त

    सप्तरीको तिलाठीमा द्वितीय विश्व ध्यान दिवस मनाइने

    राशिफल
    थप

    गौर हत्या काण्डमा अध्यक्ष यादवलाई फसाउन खोजिएको भन्दै जसपा सप्तरीको विरोध प्रदर्शन

    २०७९ माघ १५ देखी २२ गते माघ सम्मको साप्ताहिक राशिफल

    साप्ताहिक राशिफल २०७९ माघ ८ देखी १५ माघ सम्म

    साप्ताहिक राशिफल भाद्र ०५ देखी १२ भाद्र सम्म

    मेमो मिडिया सेन्टरद्धारा संच्चालित

    राजविराज–२,सप्तरी,मधेश प्रदेश,नेपाल
    घरेलु दर्ता नं. ११८५७/२०८२/०८३
    स्थायी लेखा नं. ६०७३८०३२७
    [email protected]
    ९८०४७०८८१६,९८४२९५७९११
    www.memokhabar.com

    सम्पादक : चन्दन कुमार यादव

    समाचार संयोजक : भूषण सिह

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७९ Memo Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution