एजेंसी । भारतीय चिकित्सा इतिहासमा एक अद्वितीय खोज सार्वजनिक भएको छ । भारतको कर्नाटक प्रान्तको कोलार जिल्लाकी ३८ वर्षीया महिलामा वैज्ञानिकहरूले “सीआरआईबी” नाम दिइएको नयाँ रक्त समूह पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारमा कहिल्यै देखिएको थिएन ।
यो रक्त समूह नत ए, बी, एबी, ओ जस्ता सामान्य समूहसँग मेल खान्छ, न त आरएच – पोजेटिभ वा आरएच – नेगेटिभ श्रेणीमा पर्छ । यसको संरचना पूर्ण रूपमा फरक र अत्यन्तै दुर्लभ रहेको वैज्ञानिकहरूले बताएका छन् ।
यो खोजले चिकित्सा क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोलेको छ । रक्तदान, अंग प्रत्यारोपण र आनुवंशिक अनुसन्धानमा यसको गहिरो प्रभाव पर्ने अपेक्षा गरिएको छ । हाल उक्त महिलाको रक्त नमूना अनुसन्धानका लागि सुरक्षित राखिएको छ र वैज्ञानिकहरू थप अध्ययनमा जुटेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |